विभिन्न सरकारी निकाय, संस्थान र निजी क्षेत्रमा काम गर्ने कर्मचारीको मासिक बचतबाट काटिने सञ्चयकोष रकममा कोष कार्यालयको मनोमानी पाइएको छ । आर्थिक वर्षको अन्तमा कर्मचारी सञ्चय कोषका पदाधिकारीले विभिन्न स्थानमा मन्दिर बनाउनदेखि आफ्नै कर्मचारीलाई प्रोत्साहन भत्ता भन्दै लाखौँ रकम बाँडिएको पाइएको छ । रातोपाटीलाई प्राप्त सूचना अनुसार कोषले आर्थिक वर्षको अन्तिम अर्थात् असार ३० र ३१ गतेको निर्णयबाट आफ्नै कर्मचारीलाई प्रोत्साहन भत्ता र भोजपुरमा मन्दिर बनाउनका लागि समेत आर्थिक सहयोग गरेको पाइएको छ ।&nb