बागमती प्रदेश सभाको विपक्षी दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त आग्रह आग्रह गरेका छन ।
बागमती प्रदेश सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले बहुमत पुर्याएर नयाँ मुख्यमन्त्रीको उम्मेदवार तयार गरिसकेकाले राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।
सत्तारूढ दलले गठबन्धनलाई हेप्न र पेल्न खोजेको भन्दै त्यसो नगर्न उनले एमालेलाई चेतावनी समेत दिए ।
एमाले अध्यक्ष केपी ओलीका कारण राजनीतिक ध्रुवीकरणको अवस्था आएको र उनैले सत्तामा बसिरहन अनेकौं हतकण्डा अपनाउने उपाय सि...