काठमाडौं । प्रहरीले राज्य विरुद्धको कसुर गरेको अरोपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रामकुमारीलाई शंखमुलस्थित निवास बाटै पक्राउ गरेको हो ।
पक्राउ गर्ने समयमा झाँक्रीका समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी जारी गरेको छ ।
महानगरीय अपराध महाशाखाले जारी गरेको जरुरी पक्राउ पुर्जिमा लेखिएको छ, ‘राज्य विरुद्धका कसूर अन्र्तगत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले यो पुर्जि जारी गरिएको छ ।’
मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ । यसको दफा १ मा लेखिएको कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन । भन्ने उल्लेख छ ।
यस्तो कसूरमा कसूरदारलाई ७ बर्ष कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । विहिबार बिहानै सादा पोसाकका प्रहरी झाँक्रीलाई पक्राउ गर्न शंखमुलस्थित निवास पुगेपनि झाँक्रीले पक्राउ पूर्जीबिना आफुले गिरफ्तारी नदिने बताउनुभएको थियो ।
निवासमा पुगेका सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै उहाँले सरकारविरुद्ध आफुहरु सडक आन्दोलनमा रहेकाले सरकारले नियम अनुसार पक्राउ गर्न सक्ने तर आफ्ना अभिव्यक्तिहरु राजनीतिक विषय भएको दाबी गर्नुभएको थियो । सादा पोसाकका प्रहरी निवास पुगेसंगै पुगेका उहाँका समर्थकले झाँक्रीको समर्थन तथा सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
तत्काल रिहा गर्न प्रचण्ड नेपाल समूहको माग
नेत्री झाँक्रीलाई तत्काल रिहा गर्न नेकपा प्रचण्ड नेपाल पक्षले माग गरेको छ । पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गर्नुभएको हो ।
‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि ...