२२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेका मकवानपुर हेटौंडाका सर्वजीत गोङ्बा तामाङले बौद्ध दर्शनमा (पीएचडी) गरेका छ्न् ।
यसरी बौद्ध दर्शनमा (पीएचडी) गरेको कारण उनलाई बिरलै बौद्धमार्गीहरूले प्राप्त गर्ने “खेन्पो” उपाधि प्राप्त गरेका छन्। उनले खेन्पो उपाधि प्राप्त गरेसँगै नेपालका बौद्ध धर्माम्बलीहरूमा खुशियाली छाएको बताइएको छ ।
श्री कर्म लेग्सेलिङ गुम्बा उच्च बौद्ध विश्वविद्यालय स्वयम्भूमा एक विशेष कार्यक्रम आयोजना गरेर धर्म गुरु बिच छोड्जेन लामा फुन्छोक रिम्पोछ...