मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दल लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले चालु आर्थिक वर्षको अन्तिम महिनामा विकासे कामको नाममा ब्रह्मलुट भएको भन्दै सोको बारेमा जवाफ माग गरेका छन् । मधेस प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले यसबारे छानबिनका लागि संसदीय समिति गठन गर्न पनि माग गरे । उनले प्रक्रियागत रुपमा मन्त्री शैलेन्द्रप्रसाद साहले कार्य नगरेको र सिंचाईको नाममा रकम अनियमितता भएको भन्दै छानविनको माग गरेका हुन् ।उनले समिति गठनका लागि सभामुख सरोजकुमार यादव समक्ष आग्रह गरेपछि प्रदेशसभा बैठक आ