गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा भएको छ । छत्रकोटअन्तर्गत रहेका १४ वटा स्वास्थ्य संस्थाले पोषणसम्बन्धी सबै सूचक पूरा गरेपछि एक कार्यक्रममार्फत पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभयो ।
पालिकाले २०७९ जेठ १६ गते वडा नम्बर २ को पल्लिकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेसँगै शुरु गरेको अभियानले चाँडै नै सार्थकता पाएको गाउँपालिकाकाे स्वास्थ्य शाखाका प्रमुख श्यामसुन्दर पोखर...