जग्गाको भाडादर ५० प्रतिशतले घटेपछि विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा उद्योगीहरुको आकर्षण बढेको छ । यसअघि २० रुपैयाँ प्रतिस्क्वायर मिटर मासिक भाडा दरलाई उद्योग मन्त्रालयले ५० प्रतिशतले घटाएर मासिक १० रुपैयाँ बनाएको छ । यस अतिरिक्त सरकारले चालु आर्थिक वर्षदेखि सेजमा उद्योग सञ्चालन गर्नेले तेस्रो वर्षदेखि मात्रै निर्यात गर्नुपर्ने व्यवस्था लागु गरेको छ । तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत र पाँचौ वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत उत्पादन भारत र चीनसहित