गुल्मी : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था बिजोग छ।२०७७ साल मङसिर १५ मा तामझाम र हतारहतार शिलान्यास गरिएका १५ शय्याका अस्पतालको अवस्था दयनीय छ। अस्पतालको शिलान्यास गर्न केन्द्रीय मन्त्री, पूर्व मन्त्री, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यले गाउँ–गाउँ पुगेर एकै दिन २/३ वटा अस्पतालको शिलान्यास गरेका थिए। शिलान्यास भएको झण्ड