बुटवल : रुपन्देहीको सियारी गाउँपालिका-४ स्थित छपियामा एउटै अस्पताल दुई पटक शिलान्यास गरिएको छ। सात महिनाअघि तत्कालीन गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले शिलान्यास गरेको अस्पतालको फेरि गृहमन्त्री बालकृष्ण खाणले पुनः शिलान्यास गरेका हुन्।
छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माणको योजना छ। चुनाव लागेसँगै दोस्रो पटक अस्पतालको शिलान्यास भएपछि यसलाई कतिपयले…