धेरै पहिलेको कुरा हो, एउटा वनमा धूर्त स्याल बस्थ्यो । धुत्याईँमा उसलाई कसैले जित्न सक्दैनथ्यो । अनेक बहाना पारी सिधासादा जनावरलाई जालमा फसाएर स्वार्थ पूरा गर्ने उसको बानी थियो । निमुखा जनावरहरू उसको चिल्लो कुरामा फसेर कति बेला आहार बन्न पुग्थे पत्तै पाउँदैन थिए । एक दिन ऊ यस्तै मूर्ख बनाउने प्राणी खोज्दै गाउँको छेउछाउमा घुम्दै थियो केही पर खोला किनारमा एउटा गधा चरिरहेको देख्यो । गधालाई देख्ने बित्तिकै उसको खुराफाती दिमाग नयाँ जुक्ति फु¥यो र नजिकै गएर भन्यो–‘गधा भाइ ! कति राम्रा छ