काठमाडौँ । धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । काठमाडौँबाट गएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो […]