शीर्ष चारको संघर्षमा साविक विजेता युभेन्टस

एजेन्सी। एन्टोनियो कोन्टेको इन्टर मिलानले युभेन्टसको कीर्तिमानी लगातार दशौंपटक इटालियन सिरी ‘ए’ उपाधि जित्ने यात्रामा पूर्णविराम लगाइदिएको छ। आज प्रशिक्षक कोन्टेले पूर्व क्लब युभेन्टसलाई हराइदिए अर्को सिजन च्याम्पियन्स लिग खेल्ने ढोका पनि बन्द हुनसक्छ। लिगमा दुई खेलमात्र बाँकी हुँदा युभेन्टस ७२ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडी हो। इन्टर लिग उपाधि जितिसकेको छ।

सम्बन्धित सामग्री

युभेन्टस र लाजियो इटालियन कपको क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता युभेन्टसले मंगलबार राति साम्पडोरियालाई ४–१ ले हराउँदै इटालियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । यससँगै युभेन्टसले जारी सिजन कम्तिमा एक उपाधि जित्ने सम्भावना कायम राखेको छ ।  युभेन्टसले हुवा कोर्डाडोको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो । ड्यानिले रुगानीले ५२औं मिनेटमा अग्रता दोब्बर बनाए । एन्डेरा कोन्टीको...

युएफा च्याम्पियन्स लिगको समुह विभाजन र खेल तालिका सार्वजनिक

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति समुह विभाजन गर्दा साविक विजेता चेल्सी र युभेन्टस एकै समुहमा परेका छन् । समुह एच मा इंग्ल्याण्डको चेल्सी र इटालीको युभेन्टससँगै रुसको जेनिथ र स्विडेनको माल्मो परेका छन् । समुह ए मा दुई दावेदार टोलीहरु इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र […]

सिरी ए को शीर्ष चारमा युभेन्टस, अन्तिम खेल बराबरी खेल्दा पछि पर्‍यो नापोली

इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा बोलोग्नामाथि ४-१ गोलअन्तरको सहज जित निकालेको युभेन्टसले ३८ खेलबाट ७८ अंक जोड्दै शीर्ष चारमा स्थानमा स्थान बनाएको छ। साविक विजेता रहेको युभेन्टसलाई यसपटक शीर्ष चारमा स्थान बनाउनसमेत धौधौ परेको थियो। गएराति नै सम्पन्न अर्को खेलमा नापोलीले हेलास वेरोनासँग १-१ को बराबरी खेलेपछि युभेन्टले…

सिरी ‘ए’ को शीर्ष चारका लागि तीन क्लबको भिडन्त, कसले मार्ला बाजी ?

इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाउन साविक विजेता युभेन्टससहित नेपोली र एसी मिलान प्रतिस्पर्धामा छन्। आइतवार राती हुने लिगको अन्तिम चरणमा युभेन्टसले बोलोग्नाविरुद्ध खेल्नेछ भने चौथो स्थानको नेपोलीले हेलास भेरोना र तेस्रो स्थानको मिलानले दोस्रो स्थानको एटलान्टाविरुद्ध खेल्नेछ। मिलान र नेपोलीको समान ७६ अंक छ। युभेन्टस ७५ अंकका साथ पाँचौं स्थानमा छ।

सिरी ‘ए’ को शीर्ष चारका लागि तीन क्लबको भिडन्त

काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाउन साविक विजेता युभेन्टससहित नेपोली र एसी मिलान प्रतिस्पर्धामा छन्। आजराती हुने लिगको अन्तिम चरणमा युभेन्टसले बोलोग्नाविरुद्ध खेल्नेछ भने चौथो स्थानको नेपोलीले हेलास भेरोना र तेस्रो स्थानको मिलानले दोस्रो स्थानको एटलान्टाविरुद्ध खेल्नेछ। मिलान र नेपोलीको समान ७६ अंक छ। युभेन्टस ७५ अंकका साथ पाँचौं स्थानमा छ।

साविक विजेता युभेन्टसको शीर्ष चार सम्भावना कायमै

एजेन्सी। जियानलुइगी बुफोनले पेनाल्टी बचाउ गरेको दिन युभेन्टसले सासउलोलाई ३–१ ले हराउँदै इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ। ४३ वर्षे बुफोनले १६औं मिनेटमै डोमेनिको बेरार्दीको पेनाल्टी प्रहार बचाएका थिए। युभेन्टसका एड्रियन राबिओट, क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे। युभेन्टस ७२ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले तल हो।

साविक विजेता युभेन्टसलाई शीर्ष चारमा रहन कठिन

एजेन्सी। एसी मिलानसँग घरेलु मैदानमै ३–० ले हारेपछि युभेन्टसलाई इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहन कठिन हुने भएको छ। मिलानका ब्राहिम डियाज, एन्टे रेबिक र फिकायो टोमोरीले गोल गरे। जितपछि मिलान ७२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टस ६९ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडि हो।

युभेन्टस र एसी मिलान भिड्दै, शीर्ष चारमा रहन दुबैलाई जित्नैपर्ने दबाब

एजेन्सी। इटालियन सिरि 'ए'मा आज साविक विजेता युभेन्टस र एसि मिलान भिड्दै छन्। लिगमा युभेन्टर चौथो र एसी मिलान पाँचौ स्थानमा रहेका छन्। लिगको शीर्ष चारमा रहन दुबै टोलीलाई आज जित अत्यावश्यक छ। खेल नेपाली समयअनुसार राती १२:३० मा सुरु हुनेछ। लिगमा दुबै टोलीको समान ३४ खेलबाट ६९ अंक रहेको छ। सिरिएको उपाधि भने इन्टरमिलानले यसअघि नै जितिसकेको छ।

युभेन्टस एटलान्टासँग पराजित, शीर्ष चारमा रहन संघर्ष

काठमाडौं। अन्तिम तीन मिनेट सम्हालिन नसक्दा साविक विजेता युभेन्टस आज इटालियन सिरी ‘ए’मा एटलान्टासँग १–० ले पराजित भयो। रुस्लान मालिनोभस्कीले ८७औं मिनेटमा गरेको गोल घरेलु टीम एटलान्टाको जितमा निर्णायक बन्यो। जितसँगै ६४ अंक जोडेको एटलान्टाले युभेन्टसलाई पछि पार्दै लिगको तेस्रो स्थानमो उक्लिएको छ। ६२ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ।

साविक विजेता युभेन्टस टोरिनोसँग बराबरीमा रोकियो

यससँगै चौथो स्थानमा रहेको युभेन्टसले २८ खेलमा ५६ अंक जोडेको छ । २४ अंक जोडेको टोरिनो अंक तालिकाको १७औँ स्थानमा छ