सिरी ‘ए’ को शीर्ष चारका लागि तीन क्लबको भिडन्त

काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाउन साविक विजेता युभेन्टससहित नेपोली र एसी मिलान प्रतिस्पर्धामा छन्। आजराती हुने लिगको अन्तिम चरणमा युभेन्टसले बोलोग्नाविरुद्ध खेल्नेछ भने चौथो स्थानको नेपोलीले हेलास भेरोना र तेस्रो स्थानको मिलानले दोस्रो स्थानको एटलान्टाविरुद्ध खेल्नेछ। मिलान र नेपोलीको समान ७६ अंक छ। युभेन्टस ७५ अंकका साथ पाँचौं स्थानमा छ।