साविक विजेता युभेन्टसलाई शीर्ष चारमा रहन कठिन

एजेन्सी। एसी मिलानसँग घरेलु मैदानमै ३–० ले हारेपछि युभेन्टसलाई इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहन कठिन हुने भएको छ। मिलानका ब्राहिम डियाज, एन्टे रेबिक र फिकायो टोमोरीले गोल गरे। जितपछि मिलान ७२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टस ६९ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडि हो।

सम्बन्धित सामग्री

डर्टमण्ड जर्मन कपको अन्तिम–१६ बाट बाहिरियो

काठमाडौं । साविक विजेता बोरुसिया डर्टमण्ड मंगलबार राति दोस्रो श्रेणी लिगको क्लब सेन्ट पाउलीसँग २–१ ले पराजित हुँदै जर्मन कप अन्तिम–१६ बाट बाहिरिएको छ ।  बुन्डेसलिगा–२ को शीर्ष स्थानमा रहन सफल सेन्ट पाउलीले चौथो मिनेटमै इटिने अमेनीडोको गोलबाट अग्रता लिएको थियो । ४०औं मिनेटमा एक्सेल विटसेलले आत्मघाती गोल गरेपछि सेन्ट पाउलीले...

युभेन्टस र एसी मिलान भिड्दै, शीर्ष चारमा रहन दुबैलाई जित्नैपर्ने दबाब

एजेन्सी। इटालियन सिरि 'ए'मा आज साविक विजेता युभेन्टस र एसि मिलान भिड्दै छन्। लिगमा युभेन्टर चौथो र एसी मिलान पाँचौ स्थानमा रहेका छन्। लिगको शीर्ष चारमा रहन दुबै टोलीलाई आज जित अत्यावश्यक छ। खेल नेपाली समयअनुसार राती १२:३० मा सुरु हुनेछ। लिगमा दुबै टोलीको समान ३४ खेलबाट ६९ अंक रहेको छ। सिरिएको उपाधि भने इन्टरमिलानले यसअघि नै जितिसकेको छ।

युभेन्टस एटलान्टासँग पराजित, शीर्ष चारमा रहन संघर्ष

काठमाडौं। अन्तिम तीन मिनेट सम्हालिन नसक्दा साविक विजेता युभेन्टस आज इटालियन सिरी ‘ए’मा एटलान्टासँग १–० ले पराजित भयो। रुस्लान मालिनोभस्कीले ८७औं मिनेटमा गरेको गोल घरेलु टीम एटलान्टाको जितमा निर्णायक बन्यो। जितसँगै ६४ अंक जोडेको एटलान्टाले युभेन्टसलाई पछि पार्दै लिगको तेस्रो स्थानमो उक्लिएको छ। ६२ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ।