युभेन्टस एटलान्टासँग पराजित, शीर्ष चारमा रहन संघर्ष

काठमाडौं। अन्तिम तीन मिनेट सम्हालिन नसक्दा साविक विजेता युभेन्टस आज इटालियन सिरी ‘ए’मा एटलान्टासँग १–० ले पराजित भयो। रुस्लान मालिनोभस्कीले ८७औं मिनेटमा गरेको गोल घरेलु टीम एटलान्टाको जितमा निर्णायक बन्यो। जितसँगै ६४ अंक जोडेको एटलान्टाले युभेन्टसलाई पछि पार्दै लिगको तेस्रो स्थानमो उक्लिएको छ। ६२ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ।

सम्बन्धित सामग्री

युभेन्टस शीर्ष चारमा रहन सफल

एजेन्सी। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति बोलोग्नालाई ४–१ ले हराउँदै शीर्ष चारमा रहेर इटालियन सिरी ‘ए’ को अन्त्य गरेको छ। शीर्ष चारको प्रतिस्पर्धामा रहेको नेपोली हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्टसले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। युभेन्टसको ७८ अंक छ भने पाँचौं स्थानमा झरेको नेपोलीको ७७ अंक छ। युभेन्टस ९ वर्षपछि उपाधिबिहीन बनेको हो।

साविक विजेता युभेन्टसलाई शीर्ष चारमा रहन कठिन

एजेन्सी। एसी मिलानसँग घरेलु मैदानमै ३–० ले हारेपछि युभेन्टसलाई इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहन कठिन हुने भएको छ। मिलानका ब्राहिम डियाज, एन्टे रेबिक र फिकायो टोमोरीले गोल गरे। जितपछि मिलान ७२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टस ६९ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडि हो।

युभेन्टस र एसी मिलान भिड्दै, शीर्ष चारमा रहन दुबैलाई जित्नैपर्ने दबाब

एजेन्सी। इटालियन सिरि 'ए'मा आज साविक विजेता युभेन्टस र एसि मिलान भिड्दै छन्। लिगमा युभेन्टर चौथो र एसी मिलान पाँचौ स्थानमा रहेका छन्। लिगको शीर्ष चारमा रहन दुबै टोलीलाई आज जित अत्यावश्यक छ। खेल नेपाली समयअनुसार राती १२:३० मा सुरु हुनेछ। लिगमा दुबै टोलीको समान ३४ खेलबाट ६९ अंक रहेको छ। सिरिएको उपाधि भने इन्टरमिलानले यसअघि नै जितिसकेको छ।

युभेन्टसको जितमा रोनाल्डो निर्णायक, लिगमा ११ अंकको अग्रता

इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले १६ खेलसम्म आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार राति टोरीनोमाथि १- ० जित निकालेको युभेन्टस १६औं खेलसम्म अपराजित रहन सफल भएको हो।