पछिल्लो समय केही व्यक्तिले बैंक तथा लघुवित्त संस्थाहरूविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिलाई लिएर बैंकहरुले भत्सर्ना गरेका छन् । वाणिज्य, विकास बैंक, फाइनान्स र लघुवित्तका संघहरुले संयूक्त रुपमा विज्ञप्ति जारी गर्दै ऋण नतिर्ने मनसायले आन्दोलनको घोषणा गर्ने, बैंकका कर्मचारीलाई हतोत्साही हुनेगरी धम्कीपूर्ण अभिव्यक्ति दिनुले अराजक व्यवहार प्रष्ट भएको उल्लेख गरेका छन् ।