नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकतालाई दुर्भाग्यपूर्ण भन्ने टिप्पणी गरेका छन् । प्रवक्ता ज्ञवालीले न्यायालयमा विगतमा पनि समस्या भएको स्वीकार गर्दै यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा परेको दावी गरेका छन् ।‘यो निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने– यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति’,