शिकार रोकेकोमा दयाहाङको चिन्ता

काठमाडौं । अभिनेता दयाहाङ राईले सबै प्रकारको बन्यजन्तुको शिकार रोकेकोमा चिन्ता व्यक्त गरेका छन् । चलचित्र दुई नम्बरीको ट्रेलर रिलिज कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सबै प्रकारको जनावरको शिकार रोकेर आदिबासी जनजातीको पुख्र्यौली परम्परालाई सरकारले बन्देज गरेको उनले बताएका छन् । ट्रेलर रिलिजका क्रममा अभिनेता दयाहाङले भने,‘ बन्यजन्तुको शिकार गर्नु हाम्रो परम्पार र […] The post शिकार रोकेकोमा दयाहाङको चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै

इस्लामावाद- पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् । कराँची निवासी काशिफ प्रहरीको नक्कली मुठभेडको शिकार भएका थिए । त्यसपछि उनी धरौटीमा रिहा भई गृहनगर फर्किएका छन् । हिरासतमा हुँदा प्रहरीसँगको ‘इनकाउन्टर’ मा गोली लागेर घाइते भएका […]

भ्रमको शिकार नबन्न अमेरिकास्थित प्रवासी नेपालीलाई एमाले महासचिव पोखरेलको आग्रह

केन्टकी (अमेरिका) । अमेरिकास्थित प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन आएका नेकपा एमालेका महासचिव शंकर पोखरेल एमाले समर्थक प्रवासीहरू भ्रमको शिकार बनेकोमा चिन्ता व्यक्त गरेका छन् । केन्टकी राज्यको लेक्जिन्टनमा आयोजित प्रवासी नेपाली मञ्चको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले विरोधीहरूले फैलाएका भ्रमको शिकार एमाले कार्यकर्ताहरू समेत भइरहेको बताए । महासचिव पोखरेलले भने– यहाँ […]

अर्थतन्त्र नीतिगत अस्थिरताको शिकार

विश्वभरि नै कोरानाले असर पार्‍यो । त्यसबाट विश्व अर्थतन्त्र नै प्रभावित भयो । अझै पनि कोरोनाका कारण विश्व त्रस्त छ । अर्थतन्त्र चलायमान बन्न थाले पनि नयाँनयाँ भेरियन्टका कारण पूर्ववत् अवस्थामा फर्कन भने सकेको छैन । यसबाट अतिकम विकसित मुलुकहरू बढी प्रभावित बनेका छन् र अझै पनि प्रभावित हुने देखिन्छ । नेपाल अल्पविकसित देश भएकाले कोरोनाको असर पर्ने नै भयो । यसबाट देशलाई कसरी जोगाउने भनेर राम्रो नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ । अहिले नै नीति बनाएनौं भने हामी अझ बढी विदेशी ऋणमा फस्ने र रोग भोकले सताइनेछौं । त्यसका लागि हामीले हाम्रो देशमा उपलब्ध स्रोतको सदुपयोग गर्नुपर्छ । नेपालमा पाइने जडीबुटीको अनुसन्धान यस्तै एउटा नमूना हो । हामीसँग स्रोतसाधनको कमी भएर होइन, हामीसँग असल नेतृत्व नभएर हामी विकासका पछि परेका हौं । अब पनि हामी जनता सजग नहुने हो भने हामी झनै पछि पर्नेछौं । यतिबेला अफ्रिकी देशबाट नयाँ भेरियन्टको कोरोना फैलिन थालिसकेको छ । यो भाइरस पहिलाको भन्दा चाँडो फैलिने आशंका गरिएको छ । अहिलेको खोप यसका लागि प्रभावकारी नहुने भनाइले चिन्ता थपेको छ । पहिलो डोज नै नलगाइसकको अवस्थामा नयाँ खोप वा बुस्टर डोज लगाउन पक्कै सहज नहोला । पहिलो डोज लगाएकाहरूलाई बुस्टर डोज लगाउने बेला हुन आँटिसकेको छ । तर, सरकारले यसको तयारी गरेको पाइँदैन । यस्तोमा अर्थतन्त्रलाई उकास्न निकै गाह्रो पर्ने देखिन्छ । हामी ड्रोनको सहायताबाट गाँजाखेती नष्ट गरायौं भनेर मख्ख पर्दै छौं । हाम्रो देशमा संयुक्त राष्ट्रसंघमार्फत गाँजाखेती नष्ट गराउने अमेरिका वार्षिक ३ खर्ब डलरभन्दा बढीको गाँजासँग सम्बद्ध वस्तु विक्री गरिरहेको छ । हामीकहाँ भने २०० वर्षअघि स्थापित र सरकारद्वारा सञ्चालित सिंहदरबार वैद्यखाना गाँजाको साथै अन्य आवश्यक कच्चा पदार्थ उपलब्ध नहुनाले औषधि बनाउन सकिएन भनेर कराइरहेको छ । सरकार शायद यसलाई बन्द गराउने मनसायले हो कि किन हो वास्ता गरिरहेको छैन । भारतीय बाबा रामदेवलाई भने जडीबुटी रोप्न आवश्यक जग्गासमेत दिन तयार भएको देखिन्छ । हाम्रै सिंहदरबार वैद्यखानालाई आवश्यक मेशिनरी सामान र कच्चा पदार्थ उपलब्ध गराई उपयुक्त व्यक्तिलाई नेतृत्व सुम्पने हो भने जडीबुटीको सदुपयोग भई नेपाली रकम विदेशिन कम हुन्छ । सिंहदरबार वैद्यखानाले स्रोतसाधन पाउन सक्यो भने आयुर्वेदिक औषधिमा हामी आत्मनिर्भर हुन सक्छौैं । कुनै बेला सिंहदरबार वैद्यखानाले टीबीरोगको औषधि बनाएर चन्द्रशमशेरको टीबी रोग निको पारेको उदाहरण हामीसँग नभएको होइन । हामी नेपाली जनता प्रजातन्त्र आइसकेपछि देशको विकास हुन्छ भनेर खुशी भएका थियौं । तर, हाम्रो देशका नेताहरूको अहं र निजी स्वार्थका कारण हामीले प्रजातन्त्रले देश विकास गर्न सकेन भनेर पुनः गणतन्त्र ल्यायौं । तर, देशको परिस्थिति झन् ऋणमाथि ऋण थपिँदै गएको छ । हामी कृषिप्रधान देश भएर पनि हाम्रो घरमा दैनिक उपयोग हुने तरकारीदेखि दाल, चामल, गेडागुडीसमेत विदेशबाट आयात गरेर खाइराखेका छौं । अझ उराठलाग्दो कुरा त के भने गतवर्ष हामीले २५ अर्बको केराउको गेडा मात्र आयात ग¥यौं जुन नेपालको आवश्यकताभन्दा बढी देखेर राष्ट्र बैंकले यस वर्ष ६ अर्बभन्दा बढीको केराउ आयात गर्न नदिने नीति ल्यायो । तर, त्यो नीति २४ घण्टाभन्दा बढी टिक्न सकेन । राष्ट्र बैंकले विना अध्ययन उक्त नीति त पक्कै ल्याएको थिएन । तर, कसको दबाबमा राष्ट्र बैंकले उक्त नीति फिर्ता लियो र किन सर्वसाधारण जनतालाई कुनै थाहा नै भएन । राष्ट्र बैंक भनेको एउटा स्वायत्त संस्था हुनुका साथै नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो । उसले विना अध्ययन पक्कै ल्याएन । उसको अध्ययन नपुगेको भए उसले क्षमा माग्नुपथ्र्यो वा यसमा यो कारणले फिर्ता लिएको भनेर जानकारी दिनुपथ्र्यो किनकि प्रजातन्त्रमा यस्ता कुराको जानकारी पाउने अधिकार जनतालाई पनि हुनुपर्ने हो । कुनै बेला हरियो वन नेपालको धन भन्ने नेपाली हामी आज विदशबाट काठ आयात गर्ने स्थितिमा पुगेका छौं । उता हामीले आयात गरेको कर र जनताबाट उठेको करबाट कर्मचारीको तलब र राजनीतिज्ञहरूको भत्तासुविधामा नै ८० प्रतिशत सकिन्छ भने बचेको २० प्रतिशतले देशको विकास गर्ने कि हामीले लिएको ऋणको ब्याज तिर्ने ? त्यसैले अब देशमा एकपल्ट फेरि जन आन्दोलन भयो भने देशले कोल्टे फेर्छ कि ? नेपालमा अहिलेसम्म भएका आन्दोलन विदेशीको सहयोगमा भएको र हाम्रा नेताहरू पनि उनीहरूको गुनको बदला तिर्न लागेकाले देशले गति लिन नसकेको अनुभव नेपाली जनताले गर्न थालेका छौं । हाम्रा नेताहरू बेलैमा सजग भएर देशमा जनभावनाअनुसार कार्य नगर्ने हो भने अव जनता चुप लागेर बस्नेवाला छैन । देशमा भएको साधनस्रोतको उचित उपयोग र आवश्यक कलकारखाना स्थापना बीउबिजन, कृषिका लागि आवश्यक मलखादको व्यवस्था गरे आर्थिक विकास हुन सक्छ । आर्थिक अवस्था सुध्रन सक्छ । देशमा भएको स्रोतसाधनको उचित सदुपयोग गर्नतिर ध्यान दियौं भने अझै पनि हामी विकसित देश बन्न धेरै समय लाग्दैन । लेखक नेपाल राष्ट्र बैंकका भूतपूर्व अधिकृत हुन् ।

प्रदेशमा एमाले विभाजन : माधव नेपाललाई राहत

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगबाट भदौ ९ गते नयाँ दल नेकपा (एकीकृत समाजवादी) को मान्यता पाए । तर, भीम रावल, घनश्याम भुसाल लगायतका १० जना स्थायी कमिटी सदस्यले साथ नदिँदा नेता नेपाल निराश देखिएका थिए । यो एक हप्ताको अवधिमा एमालेको संस्थापन पक्षबाट उनले धेरै नै आलोचनाको शिकार हुनुपर्यो ।नयाँ पार्टी बनाए पनि एकीकृत समाजवादीमा कार्यकर्ताहरु लाग्दैनन् कि भन्ने चिन्ता माधव नेपाललाई हुनु स्वभाविकै थियो । सोमबार प्रदीप नेपालले जबजको कुरो उठाउँदै साथ छाड्ने घोषणा गर्दा नेपाल पक्ष

मुस्कुराउने भइन् वर्षा

नेपाल र भारतको सीमा विवादले चरमोत्कर्ष लिइरहेका बेला, आफ्ना भारतीय शुभचिन्तकहरुको चिन्ता गरेको भन्दै सामाजिक सञ्जालमा तुच्छ गालीको शिकार बनेकी वर्षा राउत अब भने मुस्कुराउने भएकी छन्।

डिप्रेशनको शिकार हुनु भएको छ चिन्ता नलिनुस्, अब यसको समाधान गुगलले गर्ने भएको छ

काठमाडौं । तपाई डिप्रेशनको शिकार हुनु भएको छ अब चिन्ता नलिनुस् यसको समाधान सर्च इन्जिन गुगलले गरिदिएको छ । डिप्रेसन भएको शंका लागे गुगलको सहयोग...