ढोरपाटनमा पहिलो याममा ८ नाउर र ५ झारलको शिकार अनुमति

बागलुङ : नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो शिकार याम शुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो शिकार असोज–कात्तिकका लागि ८ नाउर र ५ झारलको शिकार अनुमति दिएको छ।ढोरपाटन शिकार आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार शिकारका लागि नेपाली सहयोगीसँग विदेशी व्यावसायिक शिकारीहरू आरक्षको शिकार ब्लकमा पुग्न थालेका हुन्।शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि आरक्षको कार्यालयले आफ्ना कर्मचारी

सम्बन्धित सामग्री

ढोरपाटन आरक्षमा सात नाउर र पाँच झारलको शिकार

बागलुङ : नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पहिलो याममा १२ वन्यजन्तुको शिकार भएको छ। शिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको शिकार भएको हो। नेपालका चार शिकार कम्पनीमार्फत आएका विदेशी शिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम शिकार गरेका छन्। पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र आठ वटा नाउरको कोटा निर्धारण गरिएको थियो। यस पटक एक वटा नाउरको शिकार हुन सकेन। एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल सफारिसज

ढोरपाटन शिकार आरक्षमा घटे नाउर, बढे झारल

बागलुङ : नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा नाउरको संख्या घटेको छ भने झारल बढेको छ। आरक्ष कार्यालयका अनुसार यस पटकको गणनामा एक हजार २९० नाउर र ७४४ झारल भेटिएका छन्। अघिल्लो गणना २०७२ को तुलनामा नाउरको संख्या कम र झारलको बढी रहेको पाइन्छ।२०७२ मा आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए। हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ। कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो। गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले

ढोरपाटन आरक्षमा यस वर्ष कम शिकार

बागलुङ - नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यस वर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । …

ढोरपाटनमा पहिलो यामको शिकार शुरू

बागलुङ । नेपालको एकमात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन शुरू भएको छ । कात्तिक २ गतेदेखि शुरू भएको शिकार पर्यटन मङ्सिर २५ गतेसम्म हुने भएको छ । ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि ७ नाउर र पाँचओटा झारलको शिकार अनुमति दिएको छ । विभागका अनुसार हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एन्ड ट्रेल प्रालि र ट्राभल एक्स्पिडिसनका तर्फबाट विभिन्न देशका सात शिकारीले सिकार गर्न ‘हन्टिङ बुकिङ लाइसेन्स’ लिएका छन् । उनीहरूले कात्तिक २ देखि मङ्सिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउनेछन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एण्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारका लागि आउने गर्छन् । उनले हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिज्कायोले पूर्वी रुकुमको दोगाडी ब्लकमा एक–एक नाउर र झारल तथा कार्लोस गुलिलेर्मोे भिज्काइनोले सेङ ब्लेकमा एक–एक नाउर र झारलको शिकार गर्न अनुमति लिएको बताए । यस्तै हिमालयन वाइल्ड लाइफ फिटरमार्फत आएका रसियाली सिकारी इभ्गेरी सिरोभले बागलुङमा पर्ने सुनदह ब्लकमा एक÷एक नाउर र झारलको शिकार गर्ने, ट्याक्स एन्ड ट्रेलबाट आएका युक्रेनी सिकारीहरू सेर्निय लारिनले बागलुङकै गुस्तुङ ब्लकमा एक÷एक नाउर र झारल तथा नटालिया लरिनाले गुस्तुङ ब्लकमै एक नाउरको सिकार गर्ने र फ्रान्सेली शिकारीद्वय मालिर्यर बर्नार्डले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एउटा नाउर र अर्का शिकारी विनी एन्थोनीले सेङ ब्लकमा नाउर र फागुन ब्लकमा एउटा झारलको शिकार गर्ने अनुमति लिएको अधिकृत कँडेलले बताए । उनले शिकारका लागि दुईजनाको एउटा समूह शिकार ब्लकतर्फ लागिसकेको जानकारी दिए । यस वर्ष शिकार खेल्ने दूरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रतिनाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रतिझारल ८० हजारदेखि १ लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यसबाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले बताएको छ ।

ढोरपाटनमा पहिलो यामको शिकार शुरु : ७ नाउर र ५ ओटा झारलको शिकार हुने

कात्तिक ४, बागलुङ । नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन शुरु भएको छ । यस वर्षको पहिलो शिकार कार्तिक २ गतेदेखि मंसिरसम्म २५ गतेसम्म हुने भएको छ । ढोरपाटन शिकार आरक्षण बागलुङमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकार यामका लागि ७ ओटा नाउर र ५ ओटा झारलको शिकार अनुमति दिएको छ । विभागका अनुसार हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एन्ड ट्रेल प्रालि र ट्राभल एक्स्पिडिसनका तर्फबाट विभिन्न देशका सात सिकारीले सिकार गर्न ‘हन्टिङ बुकिङ लाइसेन्स’ लिएका छन् । उनीहरूले कात्तिक २ देखि मंसिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउनेछन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड टे«ल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारका लागि आउने गर्छन् । उनले हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिज्कायोले पूर्वी रुकुमको दोगाडी ब्लकमा एक–एक नाउर र झारल तथा कार्लोस गुलिलेर्मोे भिज्काइनोले सेङ ब्लेकमा एक–एक नाउर र झारलको सिकार गर्न अनुमति लिएको बताए । यस्तै, हिमालयन वाइल्ड लाइफ फिटरमार्फत आएका रसियाली सिकारी इभ्गेरी सिरोभले बागलुङमा पर्ने सुनदह ब्लकमा एक/एक नाउर र झारलको शिकार गर्ने, ट्याक्स एन्ड ट्रेलबाट आएका युक्रेनी सिकारीहरू सेर्निय लारिनले बागलुङकै गुस्तुङ ब्लकमा एक/एक नाउर र झारल तथा नटालिया लरिनाले गुस्तुङ ब्लकमै एक नाउरको सिकार गर्ने र फ्रान्सेली सिकारीद्वय मालिर्यर बर्नार्डले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एउटा नाउर र अर्का सिकारी विनी एन्थोनीले सेङ ब्लकमा नाउर र फागुने ब्लकमा एउटा झारलको सिकार गर्ने अनुमति लिएको अधिकृत कंडेलले बताए । उनले शिकारको लागि दुई जनाको एउटा समूह शिकार ब्लकतर्फ लागिसकेको जानकारी दिए । यस वर्ष शिकार खेल्ने दुरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रतिनाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रतिझारल ८० हजारदेखि एक लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यस बाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले जानकारी दिएको छ । आरक्षणमा बर्सेनि असोज–मंसिर र फागुन–वैशाख गरी दुई पटक शिकार खुल्छ । पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गतवर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । शिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल हुन भने हिमाली भालु पनि पाइन्छ । यहाँ दुर्लभ एवम् संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएको कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको अधिकृत कंडेलले भनाइ छ । पेशेवर विदेशी शिकारीहरुका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गर्छ । विं सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

ढोरपाटन आरक्षमा खुल्यो नाउर र झारल शिकार

ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम शुरू भएको छ । आजदेखि  जंगली जनावर नाउर र झारल शिकार गर्न खुल्ला गरिएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।  नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि १० नाउर र ६ झारलको शिका...

ढोरपाटनमा पहिलो यामको शिकार पर्यटन सुरु

नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन सुरु भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यवसायिक शिकारी ढोरपाटन आउन थालेका हुन ।

ढोरपाटनमा नाउर र झारलको शिकार पर्यटन

बागलुङ– नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको शिकार हुने भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन थालेका हुन् । शिकारीको लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियासम्बन्धित ब्लकमा खटाएको […]

ढोरपाटनमा ९ नाउर र ४ झारलको शिकार

बलेवा । चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीले नौ नाउर र पाँच झारल शिकारको अनुमति पाएका थिए । तीमध्ये १ झारलको शिकार हुन नसकेको हो ।दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो

शिकार पर्यटन सुरु, एक झारल र नाउरको शिकार हुने

विश्वव्यापी कोरोना संक्रमणको कारण ढोरपाटन शिकार आरक्षमा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजन सुरु भएको छ । यस वर्षको पहिलो सिकार मंसिर ५ गतेदेखि सुरु भएको हो । नेपालको एक मात्रा वैधानिक सिकार केन्द्र ढोरपाटन शिकार आरक्षण बागलुङमा याममा एक नाउर र एक झारलको मात्रा सिकार हुने भएको छ । नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर ५ गते शिकारको लागि ढोरपाटन आएको प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँले शिकार आरक्षको धुस्तुङङब्लकमा दुई हप्ता भित्र एक नाराउ र एक झारलको शिकार गर्नुहुनेछ । शिकारीले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार, लाईसेन्स नवीकरणमा ७५ हजार र एक साता बसाइँको ४० हजार रुपियाँको दरले राजश्व तिर्नुभएको छ । कोरोना त्रासले एकाएक थलिएको शिकार पर्यटन लयमा फर्कन नसक्दा यस वर्षको पहिलो सिजनमा तोकिएको झारल र नाउरको सिकार नहुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेको थियो । विभागले शिकारको लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्रा शिकारको लागि प्रस्ताव पेश गरेको थियो । वि.स २०४२ सालमा स्थापना भएको आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्सलगायत मुलुकबाट व्यावसायिक सिकारी आउने गरेका छन । संरक्षण अधिकृत कँडेलका अनुसार हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारी, ओपननेपाल वाइल्ड सफारि एण्ड ट्र«ेक लगायत कम्पनीमार्फत सिकारको लागि सिकारी आउने गरेका छन ।