दुई वर्षअघि सकारले छाउगोठ अन्त्यको अभियान सञ्चालन गरेको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, स्वास्थ्य राज्यमन्त्री नवराज रावत र महिला तथा बालबालिका मन्त्रालयका सचिवलगायतको टोलीले जिल्लाका विभिन्न स्थानमा रहेको छाउगोठ भत्काउन लगाएको थियो । छाउगोठ कायम राख्नेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी पनि दिइएको थियो । तर सो प्रथा अहिले पनि गाउँघरमा कायमै छ ।