रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले साइबेरियामा आफ्ना बफादार रक्षामन्त्रीका साथ माछा मार्न र शिकार गर्न गएको तस्वीर क्रेमलिनले सार्वजनिक गरेको छ ।
अक्टोबरमा ६९ वर्ष पुग्ने पुटिन आफू निकटका मानिसलाई कोभिड लागेपछि सेल्फ आइसोलेसनमा छन् । शिकारका यी तस्वीरहरू सेप्टेम्बर महिनाको आरम्भतिर खिचिएका हुन् ।
पुटिनको स्वास्थ्यमा समस्या देखिन थालेकाले रक्षामन्त्री सर्गे शोइगुलाई उत्तराधिकारी बनाउन खोजेको हल्ला पनि चलेको छ ।
पुटिनले एउटा सर्जरी गराउनैपर्ने भएको केही विश्लेषकहरू दाबी गर्छन् ।
शिकारको भिडियो फ...