कतै बेड पाउनै मुस्किल, कतै जनशक्ति अभावमा थन्किरहेका छन् भेन्टिलेटर

प्रदेश १ सरकारले गत वर्ष पूर्वी पहाडका पाँचवटा जिल्ला अस्पताललाई भेन्टिलेटर खरिदका लागि बजेट पठायो । प्रदेश सरकारबाट निकासा भएको बजेटबाट पाँचथर जिल्ला अस्पतालले ४ वटा, धनकुटा जिल्ला अस्पतालले ४ वटा, उदयपुर जिल्ला अस्पतालले २ वटा र इलाम अस्पतालले २ वटा भेन्टिलेटर खरिद गरे । तर ती भेन्टिलेटर अहिले प्रयोगविहीन भएर अस्पतालमै थन्किएका छन् ।कोरोना महामारीका कारण संक्रमितको संख्या बढ्दै गएको अवस्थामा एकातिर गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई भेन्टीलेटरसहितका शय्याको अभाव छ भने अर्कोतिर जनशक्तिको अभ