१३ महिनामा थपिए ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड

१० जेठ, काठमाडौं । पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ  । सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए अनुसार १८० भेन्टिलेटर र ६३० बेड […]

सम्बन्धित सामग्री

प्रयोगमा आएनन् भेन्टिलेटर र आईसीयू

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएका भेन्टिलेटर र आईसीयू प्रयोगमा आउन सकेका छैनन् । गतवर्ष जेठमा कर्णाली प्रदेश सरकारको सहयोगमा जडान गरिएका भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन नसकेका हुन् । भेन्टिलेटर र आईसीयूका सामान जडान गरेको लामो समय हुँदा समेत विशेषज्ञ चिकित्सकको अभावले प्रयोगमा ल्याउन नसकिएको अस्पताल स्रोतले बताएको छ । तालीम प्राप्त जनशक्ति अभावकै कारण भेन्टिलेटर सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार गतवर्ष प्रदेश सरकारको २ करोड ५८ लाख बजेटमा भेन्टिलेटर जडान गरिएको थियो । अस्पतालमा ६ शøयाको भेन्टिलेटर र १४ शय्याको आईसीयू जडान गरिएको उनले बताए । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि दुईजना मेडिकल अफिसर र दुई नर्सलाई एक हप्ताको तालीम दिइए पनि पर्याप्त नभएको श्रेष्ठले बताए । जनशक्तिका साथै भवनको व्यवस्था समेत नहुँदा भेन्टिलेटर र आईसीयू सञ्चालनमा समस्या भएको भनाइ छ । जिल्लामै उपचार सेवा प्रभावकारी नहुँदा ऋण लिएरै भए पनि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । जिल्लाको शारदा नगरपालिकाले गतवर्ष २ करोड खर्चेर अस्पतालमा निर्माण गरेको भवनमा भेन्टिलेर तथा आईसीयू सञ्चालन गर्न खोजिए पनि नगरपालिकाले अनुमति नदिएको बताइएको छ । नगरपालिकाले कोरोना संक्रमितको संख्या शून्यमा नझर्दासम्म नयाँ भवनलाई आइसोलेसन नै बनाउने बताएको छ । अक्सिजन आपूर्ति पर्याप्त नहुनु पनि भेन्टिलेटर सञ्चालनमा चुनौतीको रूपमा देखिएको जिल्ला अस्पताल सल्यानका डा. भीमकान्त जैसीले बताए । ‘भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि आवश्यकता अनुसारका औषधि पनि हुनुपर्छ,’ उनले भने, ‘साथै यसमा काम गर्ने जनशक्तिका लागि कम्तीमा एक महीनाको तालीम दिनुपर्छ, तर हामीले एक साताको मात्र दिन सक्यौं ।’ यही भदौभित्र ८० लाखका अन्य भेन्टिलेटर र आईसीयू बेड खरीद गर्न सरकारले स्वास्थ्य कार्यालय सल्यानलाइ परिपत्र गरेको छ । तर अब ८० लाखले उक्त सामान किनेर काम नहुने भएकाले उक्त बजेट फिर्ता पठाउनुपर्ने बाध्यता रहेको अस्पतालले बताएको छ । अहिले जिल्ला अस्पतालमा आउने गम्भीर अवस्थाका बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता छ ।

कोरोनाको तेस्रो लहरविरुद्ध सरकारी तयारी तीब्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर शुरू हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ । डा. पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड ...

तेस्रो लहरबाट बालबालिका जोगाउन १८० भेन्टिलेटर र २५० वटा आईसीयू बेड थप्दै

काठमाडौं, साउन १५ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरलाई ध्यानमा राख्दै बालबालिकाहरुका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित तेस्रो लहरलाई रोक्न र क्षति न्युन गर्न बालबालिकाका लागि १८० भेन्टिलेटर सहितका २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको […]

जिल्ला अस्पताल ओखलढुंगामा भेन्टिलेटर र आईसीयू बेड खरिदमा रहस्यमय ढिलाइ

ओखलढुंगा : जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगालाई अत्यावश्यक भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको एक महिना बितिसक्दा पनि अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड जडान नभएको हो।स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटरसहित पाँचवटा आईसीयू बेड जडान गर्न एक महिनाअघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो। तर, भेन्टिलेटर र आईसीयू बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत

गण्डकी प्रदेशमा १३० आईसीयु, ६९ भेन्टिलेटर खाली

पोखरा। गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा हाल एक सय ३० आईसीयु बेड र ६९ वटा भेन्टिलेटर खाली अवस्थामा रहेका छन्। मन्त्रालयकाअनुसार प्रदेशमा अहिले जम्मा दुई सय ११ आईसीयू बेड र ८५ वटा भेन्टिलेटरको व्यवस्था छ। यसैसँग प्रदेशभित्र अहिले चार सय ५५ एचडीयु बेडमध्ये दुई सय २८ वटा खाली भएको मन्त्रालयले जनाएको छ।

तिब्बतले नेपाललाई २०० थान आईसीयू बेड दिने

काठमाडौं। चीनको तिब्बत सरकारले नेपाललाई २०० थान आईसीयू बेड दिने बताएको छ। तिब्बतस्थित नेपालको महावाणिज्य दूवातासलाई छिट्टै नै थप स्वास्थ्य सामाग्री दिने बताएको हो। आईसीयूसहित ५ थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर दिने तिब्बतले बताएको छ। आजै तिब्बतबाट ६ हजार सिलिन्डर भर्न मिल्ने लिक्वड अक्सिजन नेपालतर्फ हिँडेको छ।

तिब्बतले नेपाललाई २०० थान आईसीयू बेड दिने

काठमाडौं। चीनको तिब्बत सरकारले नेपाललाई २०० थान आईसीयू बेड दिने बताएको छ। तिब्बतस्थित नेपालको महावाणिज्य दूवातासलाई छिट्टै नै थप स्वास्थ्य सामाग्री दिने बताएको हो। आईसीयूसहित ५ थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर दिने तिब्बतले बताएको छ। आजै तिब्बतबाट ६ हजार सिलिन्डर भर्न मिल्ने लिक्वड अक्सिजन नेपालतर्फ हिँडेको छ।

तिब्बतले नेपाललाई अक्सिजन र भेन्टिलेटर उपलब्ध गराउने

चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाललाई कोरोनाभाइरसविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आफ्नाृ आधिकारिक ट्विटर अकाउन्टमा दिएको जानकारी अनुसार, तिब्बतले नेपाललाई ३० हजार लिटर तरल अक्सिजन, ८०० वटा भरिएका अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्सनट्रेटर, पाँचवटा भेन्टिलेटर, २०० वटा आईसीयू बेड र १५ हजारवटा एन्टीजेन किटहरू उपलब्ध गराउने भएको हो ।