आयुर्वेदमा अमलालाई अमृत फल भनिएको छ। अमला (एम्ब्लिका अफिसिनालिस)लाई विभिन्न स्वास्थ्योपचारका लागि आयुर्वेदिक औषधिमा व्यापक रूपमा प्रयोग गरिन्छ/गरिंदै आएको छ। अमला भारत वर्षमा शताब्दीयौंदेखि यसको औषधीय गुणहरूको लागि प्रयोग हुँदै आएको छ। अहिले यसमा अन्तरनिहित स्वास्थ्य लाभहरूको कारणले अमलाको प्रयोग गरिंदै आएको छ। चरक सूत्रस्थान २७.१४७ मा भनिएको छ- विद्यादामलके सर्वान् रसांल्लवणवर्जितान्। रुक्षं स्वादु कषायाम्लं कफ […]