कसरी गर्ने व्यवसायीक किवी फल खेती ?

काठमाडौं। किवी फल व्यवसाय यस्तो व्यवसाय हो जसले, लगातार ४०÷५० वर्षसम्म ढुक्कले आम्दानी दिईरहन्छ । यसको बजार हरेक वर्ष करिब २६ प्रतिशतको दरले बढिरहेको छ । नेपालमा अहिले इलाम, दोलखा, सोलुखुम्बु, सिन्धुपाल्चोक, पाँचथर, रामेछाप, नुवाकोट जिल्लामा किवी खेती भईरहेको छ । समुद्र सतहवाट ८ सय देखि २९ सय मिटरसम्मको उचाईमा किवी खेती भईरहेको छ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। नागढुंगा सुरुङमार्गको ब्रेक थ्रुको लागि ३२ मिटर मात्र सडल खन्न बाँकी रहेको छ। क्यान्सर बिरामीलाई वायुसेवा निगमको जहाजमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ। हेटौँडा औद्योगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु भएको छ। कोशी प्रदेशमा ५६ प्रतिशत किसान किवी खेतीको व्यवसायीक दर्ता गरेका छन्।

मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त मगर

खोटाङ । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम भएको दिन भने समय कटाउन ‘बोर’ हुन्थ्यो । तर, उनले फुर्सदको समयलाई खेर फालेनन् । साथमा भएको ल्यापटप खोलेर बिश्वका महंगो र पोषिलो फलफुलका ’boutमा यूटयुबमा […] The post मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त मगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागलुङ नगरको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणलाई प्राथमिकता

असार १०, बागलुङ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाको नवौं नगर सभामा नगरप्रमुख जनकराज पौडेलले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  नगरप्रमुख पौडेलले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम रहेको भन्दै यस अवधिमा बागलुङ नगरपालिकामा महत्वपूर्ण दीर्घकालसम्म प्रभाव पार्ने रणनैतिक महत्वका कामहरु भएको समेत बताए ।  उनले दुई दशकसम्म गौचरणका रुपमा परिणत भएको बलेवा विमानस्थल यस वर्षभित्र कालोपत्रे सम्पन्न भइ सञ्चालन हुने र उक्त विमानस्थल पाइलट विद्यालयको रुपमा समेत सञ्चालन गर्ने प्रचुर सम्भावना रहेको र त्यसको लागि प्रस्तावहरु आइसकेको बताए । नगरपालिकाले तीन वर्षको अवधिमा २१ दशमलव ६६ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको जानकारी दिएको छ । नगरप्रमुख पौडेलले प्रदेश सरकाको लगानीमा १२ किलोमिटर र संघीय सरकारको लगानीमा ९ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरिएको बताए । उनले तीन वर्षको अवधिमा १५ दशमलव ३५ किलोमिटर पक्की नाली, १३९ किलोमिटर सडक स्तरोन्नति, १४ दशमलव ७७ किलोमिटर पैदल मार्ग र ३ किलोमिटर तारजाली लगाउने काम सम्पन्न भएको बताए । नगरप्रमुख पौडेलले बानपा–४ मा बागलुङ बसपार्क निर्माणको अन्तिम चरणमा रहेको र बानपा ५, ६ र ७ मा मालिका वन्यजन्तु बासस्थान (जिओलोजिकल पार्क) संसारकोटमा ग्रेट वाल निर्माण हुने तयारीमा रहेकोले पर्यटन विकासको निम्ति राष्ट्रिय र अन्तरराष्ट्रिय भूमिका निर्वाह गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अहिले कोभिड–१९ को संक्रमण फैलिदै गएको र नयाँ प्रजातिको भाइरस फैलिन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै पूर्व तयारी गर्ने जानकारी दिएको छ । यस्तै स्वास्थ्यकर्मीको मनोवल वृद्धिका लागि आवश्यक व्यवस्थापन गर्ने जानकारी दिएको छ ।  यस्तै नगरप्रमुख पौडेलले गण्डकी प्रदेशले धौलागिरी अस्पतालमा निर्माण गर्ने हरि खड्का ट्रमा सेन्टर निर्माण गर्न विशेष पहल गर्ने जानकारी दिएका छन् । नगरपालिकाले ‘गरीबीसँग मेयर ऋषिराम’ कार्यक्रमलाई कोभिड–१९ बाट प्रभावित व्यक्ति समेतको आयआर्जनका लागि सुलभ कर्जा प्रदान गर्ने जानकारी दिएको छ । नगरपमुख पौडेलले नगर स्तरीय ९ ओटा र वडा स्तरीय सडकलाई स्तरोन्नति गरी पक्की सडकहरुमा मर्मत सुधार गर्ने, नगरप्रमुख प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्ने, सबै विद्यालयमा बगैचा स्थापना गरी हरित विद्यालयको अवधारणमा जोड दिइने, मासुजन्य उत्पादनको लागि चिस्यान केन्द्र स्थापन गर्ने, कृषि उपज उत्पादनमा आत्मनिर्भर बनाउन सुन्तला, कागती, चिया, किवी, ओखर खेती तथा जडिबुटी खेती प्रबर्द्धन कार्यक्रमलाई अगाडी बढाइने बताए ।  यस्तै भगत सर्वजित सिप रोजगार प्रबर्द्धन कार्यक्रम, परम्परागत पेशा व्यवसाय सुधार कार्यक्रम, युवा व्यवसायीक प्रबर्द्धन कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको छ । नगरपालिकाले मेयर कप फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै खेलकुद मैदानहरुको पूर्वाधार, कर्भडहलको स्तरोन्नति एवम् सञ्चालन गरिने जानकारी दिएको छ भने फुटबल, भलिबल, क्रिकेट लगायत खेलकुदकालाई प्रोत्साहक र परिचालन गरिने जानकारी दिएको छ । नगरपालिकाले सार्वजनिक ठाउँमा व्यायाम स्थल (जिम) स्थापना गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।