काठमाडौं: देश निर्वाचनमा होमिएसँगै आगामी सरकारको बागडोर कसले सम्हाल्छ? चासो यसतर्फ पनि बढ्दो छ। स्थानीय निर्वाचनपछि प्रमुख दलको हैसियतमा फर्केको सत्तारुढ दल नेपाली कांग्रेसका आधा दर्जन नेताहरुले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरिसकेका छन्।
सत्ताको बागडोर सम्हाल्ने दाउमा कांग्रेसका सभापति एवं सत्तासीन प्रधानमन्त्री शेरबहादुर देउवादेखि कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालासम्म छन्।…
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न पाल्पा कांग्रेसमा आकांक्षीको लर्को लागेको छ । पाल्पा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जनाको नाम उम्मेदवारमा सिफारिस भएको छ । क्षेत्र २ बाट तीन जनाको सिफारिस भएको छ ।
काठमाडौं, साउन २२ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिहंले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना देखाए । नेता सिंहसहित कांग्रेस नेताहरू मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन नभएर प्रधानमन्त्रीकै चुनावको मिति घोषणा भएजस्तो गर्दै एकपछि अर्को प्रधानमन्त्रीका आकांक्षी देखिन […]
सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिहंले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन्।
हेटौँडाः टिकट नपाएपछि हेटौँडामा कांग्रेसका युवा ‘बागी उम्मेद्वार’ बनेका छन्। हेटौँडा उपमहानगरपालिका २ मा कांग्रेसका युवा नेता सुदीप राजबाहकले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्र रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
राजबाहक यसअघि कांग्रेसबाट एकमात्र वडा सदस्य निर्वाचित जनप्रतिनिधि हुन्।
हेटौंडा २ मा टिकटको विषयलाई लिएर पनि विवाद बढेको छ।…
फूलमान तामाङ-
चौतारा : स्थानीय निर्वाचन नजिकिँदा सिन्धुपाल्चोक कांग्रेसमा पार्टी फेर्नेको लर्को लागेको छ। अवसर नपाएपछि पार्टी छाडेर अर्को पार्टीमा पस्नेको सिजन शुरु भए झैं नेताहरुले पार्टी परिवर्तन गर्न लागेका हुन्।
गत फागुन अन्त्यतिर एमालेबाट बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित केदार क्षेत्री कांग्रेस प्रवेश गरेका थिए। कांग्रेस प्रवेश गर्दा क्षेत्रीले सिन्धुपाल्चोक…
सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दैलेखको आठबीस नगरपालिकाको मेयरका लागि ठूला दुई दल नेकपा एमाले र नेपाली कांग्रेसमा दाबेदारको लर्को लागेको छ । यसअघिको निर्वाचनमा नेकपा एमालेले नगरप्रमुखसहित चार वडा जितेको एमालेमा अहिले पाँचजना दाबेदार देखिएका छन् । पुराना नेता तर्क बडुवाल, हालका नगरप्रमुख खड्गराज उपाध्याय, तेजबहादुर महतारा र ओमजंग शाहीले […]