दाङ – स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक उम्मेदवारको रुपमा आकांक्षीहरुको चर्चा सुरु भएको छ। दाङका स्थानीय तहमा बहाल अधिकांश मेयर तथा पालिका अध्यक्षले दोहोरिने मनस्तिथि बनाएका छन्। राजनीतिक दलभित्रै मेयर तथा पालिका अध्यक्ष हुन चाहने आकांक्षीको सूची लम्बिन गएको छ। २०७४ सालको निर्वाचनमा दश स्थानीय तहमध्ये दाङमा ६ वटामा नेकपा एमाले, तीन वटामा नेपाली […]