काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा गरिएको फैसलाबाट सर्वोच्च अदालतले संविधान नै संशोधन गरिदिएको बताएका छन्।मंगलबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडी फर्कने गरी संविधान संशोधन गरिएको जिकिर गरे। एउटा दलको सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन सक्ने, दलले ह्वीप लगाउन नपाउने, कारबाही नहुने, एउटै दलका सदस्यहरु एकैपटक सत्ता र प्रतिपक्ष हुनसक्ने गरी संविधानको ब्याख्या गरेर अदालतले संविधान संसोधन गरिदिएको उनको दाबी छ ।&