सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले आज विशेष अदालतमा तामाङसहित उनको परिवार र सिभिल सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।तामाङले सहकारीबाट ३ अर्ब ३१ करोड रुपैयाँ ठगेको आरोप छ । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ ठगेको विभागको अनुसन्धानमा फेला परेको छ । विभागले दिएको जानकारी अनुसार तामाङका छोर