सप्तरी – विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने सप्तरीका एक एजेन्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका १ का ४६ वर्षीय इनरदेव यादव रहेका छन् ।
जैफुन खातुनले २०६८ असोज २ गते प्रहरीमा दिएको जाहेरीअनुसार यादवले उहाँका छोरालाई विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए । जाहेरीका आधारमा यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे ।
२०७५ असार २५ गते अदालतबाट उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख २५ हजार रुपैयाँ जरिबाना गरिएक...