कोलोरेक्टल वा ठूलो आन्द्राको क्यान्सर सम्बन्धी जनचेतनाको महिना हो मार्च । यस सन्दर्भमा विश्वभरि नै विभिन्न कार्यक्रम सञ्चालन गरिन्छन् । यो क्यान्सरको जोखिममा जोकोही पनि हुन सक्छन् । त्यसैले यसको लक्षण, उपचार विधि तथा रोकथामबारे जानकारी राख्नु आवश्यक छ ।