अहिले लघुवित्त आफ्नो मूल उद्देश्यबाट दिग्भ्रमित भएको भनेर आरोप र आक्रोशहरु प्रशस्त पढ्न र देख्न पाइन्छ। के लघुवित्तले सदस्य वा ग्राहकलाई वित्तीय सेवा मात्र दिने हो? के लघुवित्तको उद्देश्य गरिबी न्यूनीकरण पनि हो? ग्रामीण मोडलको लघुवित्तले कुन-कुन उद्देश्यहरू पूरा गरेको छ? लघुवित्तका कतिपय विज्ञहरुले थाहा पाएर पनि बोल्न नचाहेको यही सन्दर्भमा यस लेखनमा विवेचना गरिएको छ।