नेपाली काँग्रेसले एमसीसी सम्झौताको प्रकृयामा एमाले सहभागी भएको र बाहिर राष्ट्रघाती भन्दै भ्रम छर्ने काम गरेको टिप्पणी गरेको छ । एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ नाममा पुस्तक प्रकाशन गरेर एमसीसीबारे देखिएको भ्रम चिर्न खोजेको काँग्रेसले ३० वटा भ्रम र यथार्थलाई पुस्तकमा उतारेको छ ।जसमा उसले अनुदान प्रकृयामा नेकपा एमालेको खासै संलग्नता नभएको र एमालेले विगतका सरकराले गरेको सम्झौतालाई निरन्तरता मात्र दिएको हो भन्ने भ्रमको यथार्थ उल्लेख गरेको छ । काँग्रेसले एमाले एमसीसीबारेको २०६६ सालदेख