बाँकेको कोहलपुर नगरपालिको अनुदान सहयोगमा कृषक तथा कृषक समूहलाई कृषि सामग्री वितरण गरिएको छ । कोहलपुर नगरपालिकाको नगर कृषि शाखाले आयोजना गरेको कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतले कृषकलाई ११ थान कृषि सामग्री वितरण गरेका हुन् ।
वितरण गरिएका सामग्रीमा बहुउपयोगी २२ एचपीका पावर टिलर ८ थान, २२ एचपीकै मिनी पावर टिलर २ थान, २ एचपीको मोटर पम्प १ थान र च्यापर १ थान रहेका छन् । कोहलपुर नगरपालिकाले बाँकेका अन्य स्थानीय तहमा भन्दा धेरै बढी ७५ प्रतिशत अनुदान कृषकलाई दिएको जनाएको छ । यो प्रतिशत आगामी दिनमा बढाउँदै लैजाने पनि जनाइएको छ ।