भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५२ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२२ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, २०७७ भदौको तुलनामा २०७८ भदौमा घ्यू तथा तेल,माछामासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः २८.९१ प्रतिशत, १०.६६ प्रतिशत, १०.२५ प्र...