विश्व बजारमा कच्चा तेलको मूल्य १३ वर्षयताकै उच्च !

विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ ।अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको हो ।कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आइ स्थिर भएको बीबीसीले जनाएको छ । सन् २००८ को जुलाईयता तेलको मूल्य यो तहमा पुगेको पहिलोपटक हो ।यसैबीच, रुस र युक्रेनको युद्धका कारण मध्यपूर्वी तथा उत्तरी अफ्रिकाका देशमा खाद्यान्नको अभाव हुनसक्ने विश्लेषण गरिएको छ । यसले गर्दा इन्धनसँगै खाद्यान्न र खाने तेलको भाउ बढ्ने खबरमा उल्ल...

सम्बन्धित सामग्री

तेलको मूल्य सन् २००८ यताकै उच्च, प्रति ब्यारेल  २०० डलर पुग्न सक्ने आंकलन

विश्व बजारमा कच्चा तेलको मूल्य सन् २००८ यताकै उच्च पुगेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली सहयोगीहरूले रूसी तेलको आयातमा प्रतिबन्ध लगाउने तयारी गर्दा तेलको मूल्य झनै बढेको हो ।

तेलको मूल्य सन् २००८ यताकै उच्च, प्रति ब्यारेल  २०० डलर पुग्न सक्ने आंकलन

विश्व बजारमा कच्चा तेलको मूल्य सन् २००८ यताकै उच्च पुगेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली सहयोगीहरूले रूसी तेलको आयातमा प्रतिबन्ध लगाउने तयारी गर्दा तेलको मूल्य झनै बढेको हो ।

इन्धनको मूल्य विश्व बजारमा १३ वर्षयताकै उच्च

इन्धनको मूल्य विश्व बजारमा पछिल्लो १३ वर्षयताकै उच्च भएको छ। अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा मूल्य बढेको हो। विश्व इन्धन बजारको ‘बेन्चमार्क’ का रुपमा रहेको कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आई स्थिर भएको छ। सन् २००८ को जुलाईयता तेलको मूल्य यो तहमा पुगेको […]

रुस-युक्रेन युद्ध, सुनको मूल्य एकलाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ ।रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ । यस्तै कच्चा तेलको मूल्य उच्च

कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको असर विश्व बजारमा पनि परेको छ । बढ्दो तनावका कारण कच्चा पेट्रोलियम पदार्थको मूल्य एक सय डलर प्रतिव्यारेल पुगेको छ । रुसले युक्रेनमाथि आक्रमणको घोषणा गरेलगत्तै कच्चा तेलको मूल्यमा सात वर्ष यताकै भारी वृद्धि भएको हो । आक्रमणको खबरको असर एशियाको शेयर मार्केटमा पनि देखिएको छ । एशियाली […]

तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्ने चेतावनी, आपूर्तिमा अवरोधको चिन्ता

काठमाडौं ।  पछिल्लो समय तेलको मूल्य निरन्तर बढिरहेको छ । मूल्य  वृद्धिलाई कुनैहालत नरोकिने   देखिएको छ । डिसेम्बरदेखि जनवरीको बीचमा मात्रै कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्टक्रुड प्रतिब्यारेल ११ डलरले बढेको छ । आपूर्तिमा अवरोध उत्पन्न हुने चिन्ता, विश्वभर बढेको महँगी र भूराजनीतिक तनावका कारण पछिल्ला केही हप्ताहरुमा तेलको मूल्य आकाशिएको हो ।  ब्रेन्टको मूल्य छिटै सय डलर नाघ्न सक्ने  ऊर्जा विश्लेषकहरूले प्रक्षेपण गरिरहेका छन् । भाउ प्रतिब्यारेल १२५ डलर भन्दा माथि उक्लिने आँकलन गर्नेको संख्या बढिरहेको छ । पछिल्लो समय तेलकोे उत्खननमा पूँजीगत लगानी कम छ । भौतिक बजारमा तेलको उपलब्धता न्यून छ । यो अवस्थालाई हेर्दा आपूर्ति अभाव हुने र तेलको मूल्य १२० डलर नाघेर प्रतिब्यारेल १५० डलरसम्मै पुग्न सक्ने जेटीडी एनर्जी सर्भिसेजका निर्देशक जोन नड्रिस्कोल बताउँछन् ।  गएको हप्ता ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९५ डलर नाघेको थियो । यो सन् २०१४ को गर्मीयाम यताकै उच्च हो । गत वर्षको सोही अवधिको तुलनामा अहिले तेलको भाउ ६३ प्रतिशतले बढिसकेको छ । बुधबार यो समाचार तयार पार्दा सम्म लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनका ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.१७ प्रतिशतले बढेर ९४.३७ डलरमा किनबेच भइरहेको थियो ।   रुसले युक्रेनमा आक्रमण गर्ने खतराका कारण उत्पन्न तनावबीच तेलको मूल्य हालैका दिनमा बढेको छ । तर रुसले युक्रेनी सीमाबाट आफ्नो केही सेनाहरु हटाएको खबरले भने मंगलबार एकै दिन तेलको मूल्य ३ प्रतिशतले घटेको थियो । युक्रेनमाथि हमला  गर्ने सम्भावनाको रुसले भने अस्वीकार गर्दै आएको भएपनि नाटोका अगुवा र अमेरिकी राष्ट्रपति जो बाइडेनले भने जोखिम उच्च रहेको बताउँदै आएका छन् । 'पछिल्लो समय तेलको मूल्य बढाउन भूराजनीतिक तनावले मात्रै भूमिका भने खेलेको छैन' ड्रिस्कोल भन्छन्।  बजारमा तेलको माग सुध्रिने क्रममा छ । तर आपूर्ति भने अभाव हुने देखिएको छ । प्रमुख निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख तेल उत्पादकहरु अर्थात् ओपेक प्लसको तेल उत्पादन पनि समूहले बजारमा थप्ने जति तेल उत्पादन गर्न सकेका छैनन् । कोभिडको महामारी र नवीकरणीय ऊर्जाको प्रयोग बढाउने सरकारी नीतिका कारण अमेरिका र अन्य देशहरुमा तेलको  उत्खननमा लगानी कम छ । ओपेक प्लसले जनवरीमा दैनिक लक्ष्य तोकेको भन्दा तेल उत्पादन ७ लाख ब्यारेल कम छ । साउदी अरब र रुसले नै आफ्नो कोटा भन्दा कम तेल उत्पादन गरिरहेका छन् ।    तेल बजारमा लगानीकर्ताहरुको लर्को  तेलको मूल्य बुलिश रहनुमा माथि भनिएका तत्वहरुको मात्रै भूमिका छैन । तेलसँग सम्बन्धित शेयरमा लगानीको आइरो पनि  आइरहेको छ । अन्तरराष्ट्रिय तेल कम्पनीहरुले पनि ठूलो मुनाफा कमाइरहेका छन् । अमेरिकामा महँगी दशकौं यताकै उच्च स्तरमा उक्लिएको छ । यस्तो अवस्थामा ऊर्जा कम्पनीको शेयरमा लगानी गर्नु चतुर लगानी हुने विश्लेषकहरुले सुझाइरहेका छन् । विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न समस्याहरुको साथमा महँगीका कारण विश्वभर पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ नै यसले उल्टै तेल उत्खननकर्ता विशेषगरी अमेरिकी शेल आयल उत्खननकर्ताहरुको लागत पनि बढाइरहेको छ । यसले पनि बजारमा तेलको मूल्य बढाइरहेको छ ।  ‘हामीहरुले खपत बढाएपछि हाम्रो अतिरिक्त क्षमता घटेको छ, तर सम्पत्ति व्यवस्थापक, गैर–व्यवसायिक पेन्सन लगगायत मुख्य कारकहरुले तेल बजारमा लगानी खन्याइरहेका छन्,’ डिस्क्रोन भन्छन् । एसएन्डपी ५०० को ऊर्जा क्षेत्रको परिसूचक गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । यसले पनि तेलसँग सम्बन्धित कम्पनीको शेयरमा लगानीकर्ताको उत्साह छर्लङ  पार्दछ ।  तेलको भाउ बुलिश रहने प्रक्षेपण गर्नेमा डिस्क्रोल एक मात्रै विश्लेषक होइनन् । यही महीना जेपी मोर्गनले तेलको भाउ बढेर प्रतिब्यारेल १२५ डलरमा पुग्ने प्रक्षेपण गरेको छ । माग अनुरुप तेलको आपूर्ति नहुने क्रम बढेको छ । बजारमा आपूर्ति अभाव बढ्दो छ । फेब्रुअरीमा ओपेकको तेल उत्पादन क्षमता दैनिक ३ लाख ब्यारेल कम हुने ऊर्जा सूचना प्रशासनले बताएको छ । अमेरिका र अन्यले तेलको मूल्य कम गर्न अनुरोध गरिरहेको भएपनि सन् २०२२ मा तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलले मात्रै बढाउने आफ्नो योजनाबाट विचलित हुने ओपेकले कुनै संकेत गरेको छैन । माग बढेर धान्नै नसक्ने हो कि भनेर प्रक्षेपण भइरहेको समयमा अपेक्षा गरिएभन्दा कम उत्पादनले ऊर्जा संकट निम्त्याउन सक्ने आशंका पनि गरिएको छ ।    माग विध्वंस  कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकुचनबाट विश्व अर्थतन्त्र पुनःबहाल भइरहेको छ । यी सबै कारकहरु र विश्वको आर्थिक पुनःबहालीलाई हेर्दा तेलको मूल्य वृद्धिलाई रोक्ने कारक निकै थोरै छ । तेलको मूल्य बढेर प्रतिब्यारेल १५० डलरमा पुग्यो भने यो तेल उत्पादक राष्ट्रहरुकै लागि समेत विपदकारी हुने चेतावनी दिइएको छ ।  तेलको मूल्य बढ्ने क्रमलाई उल्टयाउन सक्ने एउटै कारण मागमा आउने कमी हुन सक्ने आरबीसी क्यापिटल मार्केट्सका विश्लेषकहरुको विश्वास छ । माग विध्वंसको स्तरमा नपुग्दासम्म तेल चक्रले भाउ उच्च नै राख्ने आरबीसी क्यापिटल मार्केर्ट्समा कमोडिटि तथा डिजिटल बौद्धिकता रणनीतिज्ञ माइकल ट्रान बताउँछन् । यो गर्मीयाममा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर वा सो भन्दा उच्च रहने प्रक्षेपण आरबीसी क्यापिटल मार्केर्ट्सको छ ।   ऐतिहासिक रुपमा सीमित उत्पादन र कच्चा तेलको न्यून सञ्चितिका कारण तेलको मूल्य बढ्ने गरेको अनि माग विध्वंस वा आपूर्ति वृद्धि नहुँदासम्म यो समस्या समाधान नहुने देखिन्छ । तर अहिले यी मध्ये कुनै पनि कारक तत्कालै आउने संकेत नदेखिएको ट्रानको भनाइ छ ।

खाद्यान्नको विश्वव्यापी मूल्य १० वर्षकै उच्च: राष्ट्रसङ्घ - BBC News नेपाली

विश्वभर खाद्यान्न र वनस्पति तेलको मूल्य बढेकोबारे तथ्याङ्क सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को उक्त तथ्याङ्क अनुसार विश्व खाद्यान्नको मूल्य एक दशकयताकै उच्च विन्दुमा पुगेको हो।

विश्वभर महँगी वृद्धि : खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

कात्तिक २०, जेनेभा। विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबभन्दा धेरै  भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ । एफएओका अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ । एफएओका अनुसार विश्वभर खाद्यान्न र खाने तेलको मूल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महीनमा मात्र १० प्रतिशतले मूल्यवृद्धि भएको छ । आपूर्तिमा अवरोध, फ्याक्ट्री बन्द हुनु तथा राजनीतिक उतारचढाव बढेपछि खाद्यान्न उत्पादनमा लगातार दवाव बढिरहेको छ । यसअघि नै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले आपूर्ति प्रणालीमा आएको व्यवधानका कारण विश्व बजारमा खाद्य उपलब्धताको अनिश्चितता हुनसक्ने चेतावनी दिएको थियो । एफएओका अनुसार खाद्यान्नको मूल्यमा वार्षिक २२ प्रतिशतले वृद्धि भइरहेको छ । क्यानडा, रुस र अमेरिका जस्ता गहुँको ठूलो उत्पादक देशमा उत्पादन कम भएका कारण एक वर्षमै गहुँको मूल्य पनि ४० प्रतिशतले बढेको छ । राष्ट्र संघले पाम, सोया, सूर्यमुखी र रेपसिड तेलको मूल्य बढ्दा वनस्पति तेलको मूल्य पनि आकाशिन थालेको उल्लेख गरेको छ। अझ विश्वमाझ खाद्य असुरक्षा कोरोनाभाइरसबाट सृजित असहज परिस्थितिका कारण थप गम्भीर बन्ने आकलन गरिएको छ।एजेन्सीहरु

विश्व बजारमा तेलको मूल्य चारवर्ष यताकै उच्च !

लन्डन । ब्रेन्ट कच्चातेलको मूल्य सोमबार चार वर्षयताकै उच्च मूल्य अर्थात् ८१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ । यो सन् २०१४ को नोभेम्बर यताकै उच्च हो ।     संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ...