रुसले युक्रेनमाथि सैन्य हमला सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य उकालोतर्फ लागेको छ । तेलको मूल्य सम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलरभन्दा माथि पुगेको जनाएको छ ।विश्व बजारमा तेलको मूल्य अहिलेसम्मको स्थितिमा ५.४९ प्रतिशतले बढेको छ । आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो । रुसले युक्रेनमाथि मिसाइलसहित सैन्य हमला सुरु गरेपछि मूल्य एकाएक आकासिएको हो ।