बुटवलमा डेढ अर्ब लगानीमा पाँच तारेस्तरको होटल निर्माण हुँदै, २०२३ नोभेम्बरबाट संचालनमा आउने

काठमाडौं। होटल स्याफ्रोन सीके प्रालिले बुटवलमा पाँच तारेस्तरको होटल ल्याउने भएको छ। कम्पनीले आगामी वर्ष (सन् २०२३) नोभेम्बरबाट उक्त होटल संचालनमा ल्याउने

सम्बन्धित सामग्री

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

काठमाडौँ,१२ माघ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका लागि औद्योगिकग्राम निर्माण सुरु गरिएको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ देखि […]

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

चर्दीखोलामा मोटरेवल पुल निर्माण हुँदै

लमजुङ– जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो । कुन्छा-सोतीपसल-दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधीन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए ।  उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने अर्को […]

बीस करोड लगानीमा कमला नदीमा पक्कि पुल निर्माण हुँदै

सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा पक्कि पुल निर्माण हुने भएको छ। बागमती प्रदेश सरकारको २० करोड बढी लागतमा कमला नदीमाथि पक्कि पुल निर्माण धमाधम भइरहेको छ।...

वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा निर्माण हुँदै खानेपानी आयोजना

सुर्खेत । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ६ अर्ब लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा संघीय सरकारको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेशप्रसाद खत्री, कर्णाली प्रदेश सरकारका निमित्त सचिव गोपाल शर्मा र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गरे । एमओयू भएसँगै अब आयोजना निर्माणको ढोका खुलेको छ । वीरेन्द्रनगरका नगर प्रमुख सुवेदीले संघीयता कार्यान्वयनयता त्रिपक्षीय सहभागितामा निर्माण हुन लागेको यो नै पहिलो आयोजना भएको बताए । उनका अनुसार आयोजनाका लागि ८० प्रतिशत संघ, २० प्रतिशत प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाइनेछ । ‘भेरी लिफ्टिङ आयोजनाको डिपिआर बनिसकेको छ, एमओयूमा त्रिपक्षीय साझेदारीमा लगानी सुनिश्चित भयो,’ नगरप्रमुख सुवेदीले भने, ‘नगरपालिकामा आयोजना व्यवस्थापन इकाइ स्थापना, संरचना निर्माणका लागि बोलपत्र आह्वानलगायतले तीव्रता पाउनेछन् ।’ विश्व बैंकको ऋण सहयोगमा संघीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको हो । भेरीको पानी लिफ्टिङका साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सबलीकरणलगायतमा उक्त बजेट खर्चिनेछ । वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आकलन गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । हाल आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी अध्ययन भइरहेका छन् । भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत सुर्खेत उपत्यकाको अमृतडाँडामा पानी ल्याइनेछ । अमृतडाँडामा रिजर्भसन ट्यांकीबाट मुख्य लाइनमार्फत उपत्यकामा पानी वितरण गर्ने योजना छ ।   सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजनाअनुसार पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिजर्बेसन ट्यांकी, मुख्य पानी प्रसारण लाइन विस्तार र दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका कार्य अघि बढाइनेछ । आयोजना ६ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी मुख्य समस्याको रूपमा रहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ । अझैं करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानी धारा अपुग रहेको संस्थाले जनाएको छ । समझदारीपत्रमा प्रदेश सरकारले प्रादेशिक स्तरमा अन्तरसरकारी आयोजना निर्देशक समिति गठन गरी संघ, प्रदेश र स्थानीय तह तथा उपभोक्ता संस्थाबीच समन्वय सहजीकरण र जलवायु अनुकूल खानेपानी तथा सरसफाइ योजना तर्जुमा गर्नुपर्ने उल्लेख छ । प्रदेश सरकारले पानी गुणस्तर अनुगमन प्रयोगशाला स्थापना गर्नुपर्नेछ । समझदारीअनुसार संघीय सरकारको खानेपानी मन्त्रालयले बजेट व्यवस्थापन, आयोजना अनुगमन निरीक्षण र आवश्यक निर्देशन दिनेछ भने नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन र कार्यान्वयन निर्देशिका बनाउने, एकीकृत जलस्रोत व्यवस्थापन बोर्ड स्थापना गर्ने, खानेपानी स्रोतको व्यवस्थापन गर्ने, आयोजना व्यवस्थापक तथा परामर्शदातालाई सहयोग गर्नुपर्नेछ । रासस

साढे दुई करोड लगानीमा गुठिचौर–डोल्पा सडक निर्माण हुँदै

जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका हुँदै छिमेकी जिल्ला डोल्पा जोड्ने सडक निर्माण हुने भएको छ । गुठिचौर गाउँपालिका–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक निर्माण हुने भएको हो ।जुम्ला सदरमुकाम खलंगाबाट दानसाँघु, गज्र्याङ्कोट हुँदै डोल्पा जाने सडकमा साना सवारी गुडिरहेका छन् । डोल्पा जिल्लासँंग व्यापारिक सम्बन्ध विस्तार गर्न, ठूला सवारीको आवत जावतलाई सहज गर्नका लागि […]

कहाँ कहाँ निर्माण हुँदै छ ‘फ्लाई ओभर’, ग्वार्कोका लागि ९ कम्पनीले दिए आवेदन

काठमाडौं : नेपालमा बनेका अधिकांश सडक संरचना विदेशीका आर्थिक सहायताले बनेका छन्। विभिन्न डिजाइनका सडक, पुल विदेशी निर्माण व्यवसायीले नै बनाएका छन्।चीन सरकारको सहयोगमा कलंकी चोकको अन्डरपास बनेको छ। तर पहिलोपटक सरकारले आफ्नै लगानीमा र नेपाली निर्माण व्यवसायीले ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण गर्दै छ।निर्माणका लागि अहिले ठेक्का मूल्यांकनको चरणमा छ। सडक विभागका अनुसार जुन व्यवसायीले कम लागतमा बनाउन प्रस्ताव गर्छ, उसैले ठेक्का पाउनेछ। विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका&

डोटीको शिखरमा १५ शैय्याको अस्पताल निर्माण हुँदै

डाेटी - डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । १८ करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण भइरहेको हो । यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हाे । डाेटीमा काेराेना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरुपमा हटेसँगै अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ। निर्माण सम्झाैताकाे अवधिभित्रै अस्पताल निर्माण गरिसक्ने याेजनासहित काम अगाडि बढाइएकाे कम्पनीका सञ्चालक तेजबहादुर पालले बताउनुभयो ।  उहाँ...

३० करोड लागत : महाकालीमा प्रसूति सेवा र बाल रोग भवन निर्माण हुँदै

कञ्चनपुर : महाकाली अस्पताल प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया बढेको छ।सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरु योजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो। अस्पतालमा ३० करोड लगानीमा प्रसूति सेवा र बाल रोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ।सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ। विभागको प्राविधिक टोलीले निर्माण स्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ।माटो परीक्षणका लागि विभागका इ

जनकपुरधाममा ५ करोडको लगानीमा मिथिला आर्ट ग्यालरी निर्माण हुँदै

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाममा मैथिली भाषा साहित्य, कला, संस्कृति र गीतको प्रबर्द्धनका लागि निर्माण हुने मिथिला आर्ट ग्यालरीको आज शिलान्यास गरिएको छ।जनकपुरधाम उपमहानगरपालिकाको कनकपटी गाउँमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मिथिला आर्टको प्रबर्द्धन र प्रोत्साहनका लागि मिथिला आर्ट संग्रहालयको निर्माण हुँदै छ।मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले ५ करोडको लगानीमा निर्माण हुने आर्ट ग्यालरीको निर्माण अगामी १५ महिनामा सकिने जानकारी दिए।झाले आर्ट ग्या