डाेटी - डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । १८ करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण भइरहेको हो ।
यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हाे । डाेटीमा काेराेना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरुपमा हटेसँगै अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ।
निर्माण सम्झाैताकाे अवधिभित्रै अस्पताल निर्माण गरिसक्ने याेजनासहित काम अगाडि बढाइएकाे कम्पनीका सञ्चालक तेजबहादुर पालले बताउनुभयो ।
उहाँ...