बीस करोड लगानीमा कमला नदीमा पक्कि पुल निर्माण हुँदै
सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा पक्कि पुल निर्माण हुने भएको छ। बागमती प्रदेश सरकारको २० करोड बढी लागतमा कमला नदीमाथि पक्कि पुल निर्माण धमाधम भइरहेको छ।...
जनकपुरधाम । मधेशको लाइफ लाइन मानिने हुलाकी सडकमा पर्ने कमला पुल भासिएको दुई वर्ष बितिसक्दा पनि पुनः निर्माणको काम अगाडी बढ्न सकेको छैन । कमला नदी धनुषा र सिरहा जिल्ला जोड्छ । यो नदिमा १० वर्ष लगाएर पुल निर्माण गरी ०७८ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनले पुलको उद्घाटनको तयारी गरिरहँदा पिलर भासियो । तर दुई वर्ष […]
मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन ।
कमला नदीमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा दुधौली नगरपालिका २, रतनपुरका बासिन्दा जोखिम मोलेर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । वर्षात्को समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीयवासी पुलको पिलर हेरेर अर्को वर्ष त बन्ला भन्दै चित्त बुझाउँदै आएका छन् ।
स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहु“दा पुल
मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन । कमला नदीमा निर्माणाधीन पुल समयमा नै सम्पन्न नहुँदा दुधौली नगरपालिका–२ रतनपुरका बासिन्दा जोखिम मोलर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । बर्सादकाे समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीय पुलका पिल्लरहरू हेरेर चित्त बुझाउँदै आएका छन् ।
स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहुँदा पुलका पिल्लरहरू धसिँदैगएका छन् । देशैभरि काम नगरेर चर्चा कमाएको पप्पु कन्स्ट्रक्सन र लुम्बिनी निर्माण सेवा जेभीले उक्त पुलको निर्माण गर्ने ठेक्का पाएका थिए । पप्पुको तीव्र विरोध भएपछि जेभीमै रहेको लुम्बिनीले काम थालेको थियो । धीमा गतिमा पुलको काम हुँदा निर्माण सम्पन्न कहिले हुने, कुनै टुङ्गो नभएको स्थानीय रेखराज दाहालले दुःखेसो पोख्नुभयो ।