लमजुङ– जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो । कुन्छा-सोतीपसल-दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधीन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए । उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने अर्को […]