कञ्चनपुर : महाकाली अस्पताल प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया बढेको छ।सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरु योजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो। अस्पतालमा ३० करोड लगानीमा प्रसूति सेवा र बाल रोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ।सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ। विभागको प्राविधिक टोलीले निर्माण स्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ।माटो परीक्षणका लागि विभागका इ