कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले चारवटा मन्त्रालय नछाड्ने भएको छ । त्यसका लागि माओवादी केन्द्र संसदीय दलको बैठकले बिहीबार निर्णय गरिसकेको छ । गठबन्धन दलहरुमध्ये माओवादी सबैभन्दा ठुलो दल हो । त्यसैले पनि माओवादी केन्द्रले हैसियतका आधारमा चार मन्त्रालय नछाड्ने अडान लिएको हो ।माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले रातोपाटीसँग भने, ‘सरकारमा सहभागी हुनका लागि भने आवश्यक निर्णय लिने जिम्मा दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको छ ।’ ख