प्रम ओलीले बोलाए स्थायी कमिटी बैठक, एकता जोगाउन प्रयास गरिने

काठमाडौं।एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।अहिले ९ बजे बालुवाटारमा कमिटीको बैठक बोलाएको कार्यालय सचिव शेरबहादुर तामाङले देखापढीलाई बताए। पार्टीभित्र देखिएको समस्या र माधवकुमार नेपाल समूहलाई कसरी मिलाउन सकिन्छ भन्नेबारे समाधान खोज्न प्रयास गरिने उनले बताए। यसैबीच उपमहासचिव विष्णु पौडेल छलफलका लागि माधव नेपाल निवास कोटेश्वर पुगेका छन्।पौडेलले माधव समूहको राजीनामा रोक्न प्रयास गरिरहेका छन्।

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा बैठक सुरु भएको हो ।

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको पार्टी कार्यालयले जनाएको छ ।