पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला सहमतिको प्रयास स्वरूप नेता माधव नेपालसँग छलफल प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर दुई नेताले छलफल थालेका छन् ।
अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले नेता नेपालसँग छलफल शुरू गरेका हुन् ।
दुई पक्षको छलफलका कारण नेपाल पक्षका सांसदले आइतवार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ ।
‘सहमतिका लागि अन्तिम प्रयास गरौं भनेर प्रस्ताव आएपछि नेता नेपाल छलफलमा हुनुहुन्छ, आज राजीनामा गर्ने कार्यक्रम रोकियो’ नेपाल ...