भीम रावलद्वारा राजीनामा

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताउनुभयो ।यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन्। माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो...