मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । समुद्री सतहबाट ३ हजार ६६० मिटर उचाइमा रहेको यो तालको गहिराई ६५० मिटर रहेको छ । तालमा कुनै पनि जीव जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो । फोक्सुन्डो तालनजिकै रिग्मो गाउँ रहेको छ, जहाँ पर्यटकका लागि बास बस्ने होटलहरु छन् । डोल्पा जिल्लाको सुन्दरताले जति ख्याति पाएको छ, त्योबमोजिम पर्यटक तान्न नसकेको स्थानीय बासिनदा बताउँछन् । तस्वीर : रासस