चार वर्षअघिसम्म बागलुङ नगरपालिकाले नदीजन्य वस्तुको ठेक्का लगाएर वार्षिक ४ करोड राजस्व संकलन गर्थ्यो । उक्त रकम यहाँका सडक मर्मत, तटबन्धन र सामाजिक काममा खर्च गरेको थियो । ढुंगा, गिट्टी र बालुवाको ठेक्का लाग्दा मजदुरले खनीखोस्री गरेर बालुवा उत्खनन गर्थे ।