कालीगण्डकी दोहन : प्रहरी पुग्दा न मानिस भेटिन्छन् न त सामान

पर्वत : कालीगण्डकी नदी दोहनको विषय पर्वतका लागि सदाबहार विवादको बिउ हो।सरकारले जति नै कडाइ गरोस् वा अदालतले फैसला नै किन नसुनाओस् कसैको केही सिप लाग्ने वाला छैन। दिउँसोमा सुनसान देखिने कालीगण्डकी तट रातारात दोहन हुन्छ भन्ने गुनासो कहिल्यै हराउन सकेका छैनन्।कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको उत्खनन भएको विषयमा अदालतमा उजुरी परेपछि उच्च अदालत पोखराको बागलुङ इजलासले कसैले पनि नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएको छ।कालीगण्डकी नदीमा रहेका नदीजन्य पदार्थलाई वैध तरिकाले ठेक्कामा लगाएर जलजला गा