कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो ।  पाँचवटै ट्रयाक्ट

सम्बन्धित सामग्री

रोकिएन कालीगण्डकी दोहन

विश्वमै एक मात्र शालिग्राम पाइने नदी कालीगण्डकीको दोहन वर्षामा पनि रोकिएको छैन। म्याग्दी, बागलुङ र पर्वतका अधिकांश स्थानमा नदी दोहन गरी बालुवाका पहाड निर्माण गरिएको छ। स्थानीय प्रशासन भने नदीमा प्रहरी खटाएर राखेको बताउँदै आएको छ। असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ। प्रहरीदेखि स्थानीय तह र जिल्ला समन्वय समितिसमेत देखेर पनि नदेखेजस्तै गरिरहेको आमनागरिकको गुनासो छ।

मध्यबर्खामा पनि रोकिएन कालीगण्डकी दोहन

गलकोट, २२ साउन । बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन रोकिएको छैन । कानुनी व्यवस्थाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशविपरीत मध्यबर्खामा समेत दोहन नरोकिएको पाइएको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ । कानुनी व्यवस्था देशभरका नदीलाई […]

कालीगण्डकी दोहन : प्रहरी पुग्दा न मानिस भेटिन्छन् न त सामान

पर्वत : कालीगण्डकी नदी दोहनको विषय पर्वतका लागि सदाबहार विवादको बिउ हो।सरकारले जति नै कडाइ गरोस् वा अदालतले फैसला नै किन नसुनाओस् कसैको केही सिप लाग्ने वाला छैन। दिउँसोमा सुनसान देखिने कालीगण्डकी तट रातारात दोहन हुन्छ भन्ने गुनासो कहिल्यै हराउन सकेका छैनन्।कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको उत्खनन भएको विषयमा अदालतमा उजुरी परेपछि उच्च अदालत पोखराको बागलुङ इजलासले कसैले पनि नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएको छ।कालीगण्डकी नदीमा रहेका नदीजन्य पदार्थलाई वैध तरिकाले ठेक्कामा लगाएर जलजला गा

कालीगण्डकी दोहन रोक्न साझा पहल

कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका छन् ।

मध्यबर्खामा कालीगण्डकी दोहन

गलकोट । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ । यो व्यवस्था देशभरका नदीलाई हो । मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा नै कालीगण्डकी नदीको दोहन भइरहेको पाइएको छ । मङ्गलबार दिउँसो १२ बजे बागलुङ नगरपालिका–४ स्थित फोस्रेखोला पारि जलजला गाउँपालिका क्षेत्रमा नदीजन्य पदार्थ ठुला उपकरणको सहायताले निकालिरहेको थिए । सर्वोच्च […]

मध्यबर्खामा कालीगण्डकी दोहन

मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा नै कालीगण्डकी नदीको दोहन भइरहेको पाइएको छ । मङ्गलबार दिउँसो १२ बजे बागलुङ नगरपालिका–४ स्थित फोस्रेखोला पारि जलजला गाउँपालिका क्षेत्रमा नदीजन्य पदार्थ ठूला उपकरणको सहायताले निकालिरहेको थिए ।

कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्रयाक्टर नियन्त्रणमा लिएको छ।...

रोकिएन कालीगण्डकीको दोहन

म्याग्दी : वर्षौंदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ। नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रमहरु हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन।अवैधरुपमा नदीको दोहन हुने क्रम बढेर गएसँगै यहाँको पर्यावरण समेत विथाेलिँदै गएको छ। नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्तीहरू खतरामा परेका छन् भने विश्वको एकमात्र नदी कालीगण्डकीमा पाइने धार्मिक र आर्थिक महत्वको महत्वपूर्ण शिला शालिग्राम पनि लोप हुने अवस्थामा पुगेको छ।गण्डकी प्रदेश सरकारले नदीजन्य पदा

कालीगण्डकी नदी दोहनको चपेटामा

नदीमा ठूला उपकरण प्रयोग गरी कालीगण्डकी दोहन गर्दा नदीको अस्तित्व सङ्कटमा पर्ने, शालग्राम लोप हुने तथा नदी छेउछाउका कालीगण्डकी सभ्यता लोप भएर जाने भन्दै नदी दोहन रोक्न सर्वोच्च अदालतले भनेपछि ठूला क्रसर व्यवसायीको ज्यादतिको मार नदी छेउमै बसेर कयौँ वर्षदेखि...

कालीगण्डकी दोहनले शालिग्राम लोप हुने खतरा

वर्षौँदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ । नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रम हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन । अवैधरुपमा नदीको दोहन हुने क्रम बढेसँगै यहाँको पर्यावरणमा समेत नाकारात्मक प्रभाव पर्दै गएको छ । नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्ती खतरामा परेका छन् …